सोलुखुम्बुमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

Shine news
18 days ago
367 views
0 comments
6 shares
सोलुखुम्बुमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने - Image 1

✒️अशोक झा केन्द्रीय सदस्य, नेपाल तरुण दल

नेचासल्यान, सोलुखुम्बु – पृथ्वी जयन्ती तथा माघे संक्रान्तिको अवसरमा सोलुखुम्बुको नेचासल्यानमा 'खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२' आयोजना हुने भएको छ। नेपाल तरुण दल जिल्ला कार्यसमिति सोलुखुम्बु र 'पाहिला पाहिालाको आशा' (Pahila Pahila Ko Asha) को संयुक्त आयोजनामा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो।

​"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ आयोजना हुने यो प्रतियोगिता २०८२ पुस २८, २९ र ३० गते महेन्द्रोदय मावि खेल मैदान, नेचासल्यान–२, दोदीमा सञ्चालन हुनेछ।

​प्रतियोगिताको विजेताले रु १,००,०००, द्वितीयले रु ७५,०००, तृतीयले रु ५०,००० र सान्त्वना स्थान प्राप्त गर्नेले रु २५,००० नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, ब्लकर र डिफेन्डरलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। टिम दर्ता शुल्क रु २,००० तोकिएको छ।

यस प्रतियोगिताले स्थानीय स्तरमा लुकेका खेल प्रतिभा उजागर गर्नुका साथै युवाहरूलाई अनुशासित बनाउँछ। साथै, नेपाल तरुण दल को सक्रियताले खेलकुद मार्फत भ्रातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन ठूलो सहयोग पुग्छ।

Share

6

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!