सरीन थापा मगर ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि सिफारिस

ललितपुर: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ललितपुर क्षेत्र नं २ बाट युवा नेता सरीन थापा मगरलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
अनेरास्ववियू पाटन बहुमुखी क्याम्पसका अध्यक्षसमेत रहनुभएका थापा मगर विद्यार्थी राजनीतिमा लोकप्रिय र प्रभावशाली युवा नेता मानिनुहुन्छ। पार्टीको स्थानीय समितिले उनको नाम केन्द्रमा सिफारिस गरेसँगै कार्यकर्ता र समर्थकहरूमा उत्साह छाएको छ। लामो समयदेखि शैक्षिक र सामाजिक मुद्दाहरूमा सक्रिय थापा मगरले युवाहरूको प्रतिनिधित्व गर्दै संसद्मा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ। उनको उम्मेदवारीलाई ललितपुरका युवा वर्गले महत्वपूर्ण कदमका रूपमा हेरेका छन्।