सरस्वति माबीको ब्यबस्थापन समितिमा जनप्रतिनिधी हाबी

संबाददाता
8 days ago
94 views
0 comments
2 shares
सरस्वति माबीको ब्यबस्थापन समितिमा जनप्रतिनिधी हाबी - Image 1

ललितपुर - गोदावरी नगरपालिका वडा नं. ५ को श्री सरस्वति माबी मा ब्यवस्थापन समिति गठन कार्यक्रममा बिबाद भएको छ।सोहि बिधालयका भपु बिधार्थी पुर्वराष्ट्रिय खेलाडि समाजसेवी तथा अन्तर्राष्ट्रिय उसु प्रशिक्षक निकेश श्रेष्ठले सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले उक्त प्रक्रिया पारदर्शी, सहभागीमूलक र निष्पक्ष नभएको आरोप लगाएका हुन्।


हुन पनी २बर्ष लामो समय अबधी सकिए पछि पनी गुपचुमा समिति चलायमान भईरहको थियो।यता नै स्वर्थ लुकेको देखिन्छ स्थानिय जनप्रतिनिधी गोदावरी नगरपालिका ५का वडा अध्यक्ष मिलन सिल्वाल आफै ब्यबस्थापन समितिका अध्यक्ष बसेर चरम राजनितिलाभ उठाईरहका थिए, २बर्ष सम्म ब्यबस्थापन समिति म्याद सकेर धेरै बिरोध आउदा पनी कानमा तेल हालेर बसेका उनले सामाजिक संजालमा नै पोस्टहरु आएपछि हच्किएका थिए,र आफ्नै दाईलाई अध्यक्ष बनाउने योजना सहित गुपचुमा समिति गठन गर्ने प्रयास गरेका थिए।सो अनुसार नै उनका दाई रबी सिल्वालले मनोनय समेत दर्ता गराएका थिए।तर उनका छोरा भने अरु नै बिधालयमा अध्ययन गर्दै गरेको खुल्न आएको छ। यस्मा बिधालय बाटै नै त्रुटि समेत भएको देखिन आएको छ। सबै कुरा नियोजित नै देखिन्छ। सोहि बिधालयका एक एन सि सि क्याडेड भन्छन्,हामीलाई पटक पटक नचाहिने कार्यक्रमा उभाएर भाषण सुनाउने गराउछन्।

आफ्नो राजनिति बचाउन र समाजमा आफनो दबदबा राख्न वडामा रहेका यस्ता पदमा कि आफै कि आफन्त नभए आफुले भनेको मान्ने ब्यक्तिलाई पदमा राख्ने सिल्वालको पुरानै रोग हो।


कार्यक्रममा ३घण्टा लामो भषण भए पछि अभिभावकहरु वाक्क दिक्क भएर घर फर्केका हुन पुरानो ब्यबस्थापन समिति र प्रअले अभिभावकलाई रोक्ने प्रयास गरेनन्। भाषणमा मैले यो गरे त्यो गरे भनेर सुनाउन बोलाएका रैछन्, हामीले सोचको थियौ अभिभावकले पुरानो समितिलाई प्रश्न गर्ने र अन्तरक्रिया गर्ने समय दिनु हुन्छ होला भन्ने हामीले सोचका थियौ तर त्यो समय कार्यक्रममा राखिएन। नाताबादमा बिधालय चल्ने हो भने एक दिन सामुदायीक बिधालयको अस्तित्व सकिएर जानेछ। श्रेष्ठका अनुसार आफ्ना छोरा–छोरीलाई महँगो निजी विद्यालयमा अध्ययन गराउने व्यक्तिहरूले सामुदायिक विद्यालयका वास्तविक अभिभावकलाई करिब तीन घण्टासम्म घाममा उभ्याएर भाषण सुनाउने, तर समिति गठनको निर्णायक समयमा भने अधिकांश अभिभावकलाई घर फर्काइ १०–१५ जना सीमित व्यक्तिको उपस्थितिमा समिति गठन गर्नु आपत्तिजनक कार्य हो।उनले अध्यक्ष बन्ने उद्देश्यले योजनाबद्ध रूपमा अभिभावकलाई हटाई ६–७ जनाको सीमित घेरामा समिति गठन गरिएको दाबी गरे। यस विषयमा प्रश्न उठाउँदा सम्बन्धित जिम्मेवार पक्षले पन्छिने गरेको, साथै सामाजिक सञ्जाल, समुदायका अभिभावक तथा भूतपूर्व विद्यार्थीलाई कुनै जानकारी नै नदिई समिति गठन गरिएको उनको आरोप छ।“तपाईंहरूको योजना सफल भयो,” भन्दै श्रेष्ठले अध्यक्ष पदका लागि मानिस कति हदसम्म लोभी हुन सक्छ भन्ने कुरा गोप्य कोठामा गरिएको समिति गठनले प्रष्ट पारेको टिप्पणी गरे।आफू, आफ्ना बुवा र दिदी सोही विद्यालयका भूतपूर्व विद्यार्थी भएको उल्लेख गर्दै श्रेष्ठले विद्यालयप्रतिको भावनात्मक सम्बन्धका कारण सुधारको अपेक्षामा आफू सहभागी भएको बताए। उनका अनुसार उनका बुवा कक्षा १२ सञ्चालनको सुरुआती समयमा तीन सदस्यीय विद्यालय व्यवस्थापन समितिका सदस्य थिए भने उनकी दिदी कक्षा १२ को पहिलो ब्याचकी टपरसमेत थिइन्।एसएलसी पासआउटसमेत रहेका श्रेष्ठले आफूलाई कुनै पद, माला वा आतिथ्यको लोभ नरहेको स्पष्ट पार्दै शिक्षा क्षेत्रमा भइरहेको चरम राजनीतिक हस्तक्षेपको कडा विरोध गरे।“म विद्यालयको मायाले आएको हुँ, सुधार होस् भन्ने चाहना मात्रै हो,” उनले भने। यस घटनाले गोदावरी–५ क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा पारदर्शिता, सहभागिता र निष्पक्ष व्यवस्थापन कत्तिको सुनिश्चित छ भन्ने विषयमा पुनः गम्भीर प्रश्न उठाएको छ।


Share

2

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!