सुलोचन ढुंगेल बने अनेरास्ववियु नेशनल कलेज अफ इन्जिनियरिङको संयोजक

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेशनल कलेज अफ इन्जिनियरिङ (NCE) को संगठन विस्तार र सुदृढीकरणका लागि कमरेड सुलोचन ढुंगेललाई संयोजकको जिम्मेवारी सुम्पेको छ। विद्यार्थी आन्दोलनमा सक्रिय र जुझारु छवि बनाएका ढुंगेललाई कलेजस्तरको नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो।
जिम्मेवारी प्राप्त गरेपछि ढुंगेलले कलेजका विद्यार्थीहरूको हकहित, शैक्षिक गुणस्तर र संगठनात्मक अनुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको नेतृत्व क्षमता र संघर्षशीलताले कलेजमा अनेरास्ववियुलाई अझ सशक्त, अनुशासित र परिणाममुखी बनाउने विश्वास संगठनले लिएको छ।
नवमनोनीत संयोजक ढुंगेललाई कलेजका विद्यार्थी र संगठनका नेता-कार्यकर्ताहरूले सफल कार्यकालको शुभकामना दिँदै उहाँको कार्यकालमा संगठनले नयाँ उचाइ प्राप्त गर्ने आशा व्यक्त गरेका छन्। विद्यार्थीहरूका समस्या समाधान गर्न र इन्जिनियरिङ शिक्षालाई अझ व्यावहारिक बनाउन उहाँको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।