​त्रिवि दीक्षान्त समारोह: ट्राफिक व्यवस्थापन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

Shine news
18 days ago
228 views
0 comments
4 shares
​त्रिवि दीक्षान्त समारोह: ट्राफिक व्यवस्थापन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह - Image 1

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह भोलि (२०८२ पुस १० गते) दशरथ रङ्गशालामा आयोजना हुँदैछ। बिहान ९:३० देखि अपराह्न ४:०० बजेसम्म सञ्चालन हुने यस कार्यक्रमका कारण त्रिपुरेश्वर क्षेत्रको सडकमा सवारी चाप अत्याधिक हुने ट्राफिक प्रहरीले जनाएको छ।

​पार्किङ व्यवस्था:

​VVIP/VIP: रङ्गशालाको मुख्य गेट छेउमा।

​आयोजक: राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा।

​सवारी साधन: कन्सुलर विभाग र टुँडिखेलमा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे दुवैको पार्किङ तोकिएको छ।

​दुई पाङ्ग्रे मात्र: वर्ल्ड ट्रेड सेन्टर र आर्मी हेडक्वाटर अगाडिको क्षेत्र।

​समारोह अवधिभर त्रिपुरेश्वर सडक खण्डमा सवारी आवागमन प्रभावित हुने भएकाले ट्राफिक प्रहरीले सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गरी सहयोग गर्न अनुरोध गरेको छ। दीक्षार्थी र अभिभावकहरूलाई समयमै पुग्न र पार्किङ नियम पालना गर्न समेत सूचित गरिएको छ।

Share

4

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!