त्रिविमा भर्ना पुनः खोल्न स्ववियु परिषदको माग

Shine news
19 days ago
227 views
0 comments
2 shares
त्रिविमा भर्ना पुनः खोल्न स्ववियु परिषदको माग - Image 1

​काठमाडौं, पुस ०८ – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद नेपालले त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा भर्ना प्रक्रिया पुनः सुचारु गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

​परिषदले शैक्षिक सत्र २०८१/८२ अन्तर्गत BA, BSW, BBS, र BSc विषयहरूको भर्ना मङ्सिर मसान्तमै बन्द गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अध्यक्ष रोहित कपालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थी रजिष्ट्रेशनको समय बाँकी छँदै भर्ना रोक्नुले विद्यार्थीको शैक्षिक र संवैधानिक अधिकारमाथि प्रहार भएको उल्लेख छ।

​त्रिविले भर्ना बन्द गरेर निजी शिक्षण संस्थाहरूलाई प्रोत्साहन गरेको आरोप लगाउँदै परिषदले तत्काल भर्ना खोली अध्ययन गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेको छ। यदि यो माग पूरा नभएमा थप संघर्षका कार्यक्रम अगाडि बढाउने चेतावनी समेत परिषदले दिएको छ।

Share

2

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!