डडेलधुरा-१ बाट नैनसिंह महरले पाए चुनावी टिकट, देउवा बाहिरै रहने

275 views
डडेलधुरा-१ बाट नैनसिंह महरले पाए चुनावी टिकट, देउवा बाहिरै रहने
नेपाली कांग्रेसले डडेलधुरा-१ बाट नैनसिंह महरलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार मनोनीत गरेको आधिकारिक पत्र सार्वजनिक।

डडेलधुरा: आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले डडेलधुरा निर्वाचन क्षेत्र नं. १ बाट नैनसिंह महरलाई उम्मेदवार मनोनीत गरेको छ। पार्टीका आधिकारिक पत्र अनुसार, महरलाई "पहिलो हुने निर्वाचित हुने" (FPTP) निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवार चयन गरिएको हो।

​लामो समयदेखि शेरबहादुर देउवाको गढ मानिएको डडेलधुरामा यसपटक देउवाको नलडेर भएपछी युवा नेता महरले टिकट पाउनुलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। भागेश्वर गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा महर नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष हुन्। कांग्रेसले उनलाई सो क्षेत्रको एकमात्र आधिकारिक उम्मेदवारका रूपमा अघि सारेको छ। यो निर्णयसँगै डडेलधुराको राजनीतिमा नयाँ उत्साह थपिएको छ।

10 Followers
2 Following
162 Posts
73,544 Views

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!

More from this author

Related Posts