२२ कलेज सहभागी 'सहिद स्मृति कप' सम्पन्न

— रोमन श्रेष्ठ
काठमाडौँ — सहिद स्मृति स्पोर्टस् एकेडेमीको आयोजनामा संचालित 'सहिद स्मृति कप अन्तर कलेज फुटसल प्रतियोगिता' भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह पूर्व शिक्षा मन्त्री एवं नेकपाका नेता गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कुल २२ वटा कलेजहरूको सहभागिता रहेको यस प्रतिस्पर्धात्मक प्रतियोगितामा सरस्वती बहुमुखी क्याम्पसले प्रथम स्थान हासिल गर्दै उपाधि चुम्न सफल भएको छ। त्यसैगरी, बानेश्वर बहुमुखी क्याम्पस दोस्रो र नेपाल कमर्स क्याम्पस (NCC) तेस्रो स्थान हासिल गर्न सफल भए।
समापनका अवसरमा प्रमुख अतिथि पोखरेलले विजेता टोलीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्दै युवा विद्यार्थीहरूका लागि खेलकुदको महत्त्वमाथि प्रकाश पार्नुभयो।
निस्वार्थ त्याग, उच्च देशभक्ति र क्रान्तिकारी विचारधारा बोक्ने सहिदहरू न्याय र समानताका प्रतीक हुन्, जसले राष्ट्रका लागि हाँसी-हाँसी बलिदान दिन्छन्।"
एकेडेमीले सहिदहरूको सम्मान र खेलकुद विकासका लागि यो प्रतियोगिता आयोजना गरेको हो।
Shine news
Published on December 24, 2025