
ललितपुर । नेपाली कांग्रेस बागमती गाउँपालिकाको १५औँ महाधिवेशनअन्तर्गत गाउँपालिका अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट वीरबहादुर लोप्चन सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ। लोप्चन यसअघि पनि बागमती गाउँपालिकाको अध्यक्षका रूपमा निर्वाचित हुनुभएको सार्वजनिक अभिलेखमा उल्लेख छ।
अधिवेशनबाट उपसभापतिमा अमृतप्रसाद तिमल्सिना र सरस्वती घिमिरे, सचिवमा गोविन्द दाहाल, सहसचिवमा गुणराज बनजाडे तथा कोषाध्यक्षमा रामबहादुर थिङ सर्वसम्मत चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा सुरेश लो, सुनमाया थिङ, कुमारीमाया भोम्जन, युवराज आले मगर, बमबिनोद दाहाल, सुशीला सुनुवार, फूलमाया जिम्बा, राजेश लामा, बलराम स्याङ्तान, सुशीला तिमल्सिना, निश्चल घिमिरे, सरिता घिमिरे, बालकुमारी राउत, सुजाता बजगाईं, इमानसिंह सिङ्तान र रामबहादुर थिङ सर्वसम्मत चयन हुनुभएको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहका अधिवेशनहरू अहिले देशभर सञ्चालन भइरहेका छन्। बागमती गाउँपालिकामा पनि नेतृत्व तथा सदस्यहरू सर्वसम्मत चयन भएसँगै अधिवेशन सम्पन्न भएको हो।