
ललितपुर — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुरको बागमती गाउँपालिकामा गाउँपालिका सभापति पदका लागि वीरबहादुर लोप्चनले उम्मेदवारी दिने तयारी गर्नुभएको छ। गाउँपालिका अध्यक्षसमेत रहनुभएका लोप्चनले पार्टीको गाउँपालिका सभापति पदमा उम्मेदवारी दिन लाग्नुभएको हो।
बागमती गाउँपालिकाको अधिवेशन भोलि बिहान १० बजे हुने कार्यक्रम रहेको छ। उहाँ सर्वसम्मत रूपमा सभापति चयन हुने सम्भावना बलियो रहेको बताइएको छ।