Updates

​डोल्पामा मोटरसाइकल दुर्घटना: युवा नेता नेत्र रोकायाको निधन

Shine news
1111 views
​डोल्पामा मोटरसाइकल दुर्घटना: युवा नेता नेत्र रोकायाको निधन
हिमाली जिल्ला डोल्पामा भएको मोटरसाइकल दुर्घटनामा परी नेपाल कम्युनिस्ट पार्टीका युवा नेता नेत्र रोकायाको दुःखद निधन भएको छ।

मोहन बुढा

डोल्पा । हिमाली जिल्ला डोल्पामा भएको मोटरसाइकल दुर्घटनामा परी नेपाल कम्युनिस्ट पार्टीका युवा नेता नेत्र रोकायाको दुःखद निधन भएको छ।

​मंगलबार बिहान त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटमा भएको दुर्घटनामा ठुलिभेरी नगरपालिका–४, तिप्ला निवासी ३५ वर्षीय रोकाया गम्भीर घाइते भएका थिए। उनलाई तत्काल थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल पुर्‍याइएको भए तापनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

​मृतक रोकाया नेपाल कम्युनिस्ट पार्टीका एक सक्रिय र प्रभावशाली युवा नेता हुनुहुन्थ्यो। उनको असामयिक निधनले डोल्पाको राजनीतिक क्षेत्र र स्थानीय बासिन्दामा गहिरो शोक छाएको छ।

SN
Author:self

Shine news

Published on December 23, 2025

More from

Related Posts