
🖊️ निरज श्रेष्ठ
काठमाडौँ, भदौ ३० गते । नेपाल ट्रायथलन संघले बुधबार २० औँ एसियाली खेलकुदमा सहभागिता जनाउन जापान जाने ट्रायथलनका दुई टेक्निकल अफिसरलाई विदाइ गरेको छ । जापानको आइची नागोयामा हुने एसियाली खेलकुदमा नेपालका चाहना शाह र पुष्परत्न वज्राचार्य ट्रायथलन टेक्निकल अफिसरको रुपमा सहभागी हुनेछन् । नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ दुवैलाई शुभकामनासहित विदाइ गर्दै एसियाडजस्तो ठूलो खेलकुद मेलामा टेक्निकल अफिसरहरुको भूमिका र जिम्मेवारी पनि महत्वपूर्ण हुने बताउनुभयो । एसियाडमा नेपाली ट्रायथलन आगामी एसियाली खेलकुदमा नेपालले ट्रायथलनमा भने भाग लिएको छैन । अध्यक्ष श्रेष्ठले यसपालि ओलम्पिकको विवादका कारण नेपाली ट्रायथलन समावेश हुन नसकेको भनाई राख्नुभयो । ओलम्पिक विवादका कारण ट्रायथलनलाई एसियाडमा समावेश गरिएन । जसले ट्रायथलन खेलाडीलाई अन्याय भएको छ– उहाँले दुःखेसो पोख्नुभयो ।
आगाम एसियाडमा ट्रायथलन खेल सेप्टेम्बर २० र २१ तारिखमा हुनेछ ।