
४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्समा नेपालकी कराते खेलाडी एरिका गुरुङ पदक जित्न असफल भएकी छन् ।
महिला ६८ केजीमाथिको तौल समूहको कास्य पदकका लागि भएको प्रतिस्पर्धामा एरिका साउदी अरेबियाकी दिना अहमद मुस्तफा एससँग ८–७ ले पराजित हुन पुगिन् ।
७–५ को अग्रतामा रहेकी एरिकाले अन्तिम समयमा तीन अंक गुमाउँदा पदकविहीन बन्न पुगिन् । १९औं एसियन गेम्समा एरिकाले रजत पदक जितेकी थिइन् ।
यसअघि पुरुष कुमितेतर्फ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका नेपालका मिनबहादुर तामाङ र राकेश मानन्धर पनि पराजित भएका थिए