
ललितपुर — नेपाली काँग्रेसको भोलि हुने पालिका अधिवेशनलाई लक्षित गर्दै गोदावरी नगरपालिका, ललितपुरको नगर सभापति पदमा शेखर न्यौपाने, ईश्वर सिलवाल, सागर चित्रकार र अनुप घिमिरे आकांक्षीका रूपमा चर्चामा रहेका छन्।
अधिवेशन नजिकिँदै गर्दा नगर सभापति चयनलाई लिएर काँग्रेसभित्र आन्तरिक छलफल र भेटघाट तीव्र बनेको छ। चारै जना आकांक्षीका समर्थकहरू आ–आफ्नो पक्षमा सहमति जुटाउने प्रयासमा सक्रिय देखिएका छन्।