Updates

हेटौंडा क्याम्पसमा तामाङ ज्ञान तथा अनुसन्धान विषयक एकदिवसीय सेमिनार सम्पन्न

Shine news
868 views
हेटौंडा क्याम्पसमा तामाङ ज्ञान तथा अनुसन्धान विषयक एकदिवसीय सेमिनार सम्पन्न
तामाङ ज्ञान तथा अनुसन्धान विषयवस्तु अन्तर्गत हेटौंडा क्याम्पसमा एक दिवसीय सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सेमिनार कार्यक्रममा हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, निर्मल क्या

✒️दावा लामा

तामाङ ज्ञान तथा अनुसन्धान विषयवस्तु अन्तर्गत हेटौंडा क्याम्पसमा एक दिवसीय सेमिनार सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सेमिनार कार्यक्रममा हेटौंडा क्याम्पस, मकवानपुर बहुमुखी क्याम्पस, निर्मल क्याम्पस तथा मनहरी क्याम्पसका तामाङ विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय तामाङ विद्यार्थी घेदुङ कार्यसमिति र तामाङ स्टडी सर्कलको संयुक्त आयोजनामा सम्पन्न भएको हो। सेमिनारमा विभिन्न क्षेत्रका वक्ताहरूले महत्वपूर्ण विषयवस्तुमा प्रस्तुतिकरण गर्नुभएको थियो।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा ज्यूले राजनीतिक चेतना र नेतृत्व विकासमा तामाङ युवाको भूमिका विषयमा धारणा राख्नुभयो। त्यसैगरी नेपाल तामाङ घेदुङका संघीय सदस्य मेम्वर लामा ज्यूले तामाङ संस्कारको सामाजिक तथा ऐतिहासिक दृष्टिकोण प्रस्तुत गर्नुभयो।

नेपाल बैंक लिमिटेडका वरिष्ठ प्रवन्धक मकर तामाङ ज्यूले तामाङ समुदायका राज्य–स्वामित्वका बैंकहरूमा समावेशी नीति र प्रतिनिधित्व विषयमा आफ्नो प्रस्तुति दिनुभयो। यस्तै, तामाङ सोसाइटी अफ NSW, अष्ट्रेलियाबाट अविरल तामाङ ज्यूले तामाङ भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रवासी समुदायको भूमिका विषयमा धारणा व्यक्त गर्नुभयो। अन्त्यमा इतिहास केन्द्रीय विभागका विद्यार्थी निश्चिल तामाङ ज्यूले राज्य बनाम तामाङ समुदाय: तामाङ समुदायको ऐतिहासिक सीमान्तीकरण विषयमा प्रस्तुतिकरण गर्नुभयो।

यस कार्यक्रमको मुख्य उद्देश्य नयाँ युवा पुस्तामा सामाजिक तथा सांस्कृतिक चेतनाको विकास गर्नुका साथै यस्ता विषयप्रति सकारात्मक सोचको विकास गराउनु रहेको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो संस्कार, परम्परा, पहिचान, धर्म तथा भाषाका विषयमा प्रत्यक्ष रूपमा बुझ्ने र छलफलमा सहभागी हुने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन्।

SN
Author:self

Shine news

Published on December 25, 2025

More from

Related Posts