Updates

ललितपुर कांग्रेस कार्यालयमा सन्त नेता भट्टराईको सालिक शिलान्यास

Shine news
400 views
ललितपुर कांग्रेस कार्यालयमा सन्त नेता भट्टराईको सालिक शिलान्यास
ललितपुर, पुस ८ गते । ​नेपाली राजनीतिका शिखर पुरुष एवं पूर्वप्रधानमन्त्री 'सन्त नेता' कृष्णप्रसाद भट्टराईको १०२ औँ जन्मजयन्तीको अवसरमा ललितपुरमा उहाँको पूर्ण कदको सालिक निर्माण गरिने भएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको

ललितपुर, पुस ८ गते ।

​नेपाली राजनीतिका शिखर पुरुष एवं पूर्वप्रधानमन्त्री 'सन्त नेता' कृष्णप्रसाद भट्टराईको १०२ औँ जन्मजयन्तीको अवसरमा ललितपुरमा उहाँको पूर्ण कदको सालिक निर्माण गरिने भएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको कार्यालय प्राङ्गणमा निर्माण गरिने उक्त सालिकको आज एक विशेष समारोहका बीच शिलान्यास गरिएको हो।

​पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता माननीय ओमकार प्रसाद श्रेष्ठले जग पूजा गरी सालिकको शिलान्यास गर्नुभएको हो। कार्यक्रममा बोल्दै नेता श्रेष्ठले भट्टराईको सादगी जीवन, निष्ठाको राजनीति र लोकतान्त्रिक मूल्य मान्यतालाई नयाँ पुस्ताले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो।

​नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठका अनुसार, पार्टी कार्यालय आउने हरेक कार्यकर्ता र नागरिकलाई सन्त नेताको त्याग र योगदानको स्मरण गराउन कार्यालय परिसरमै सालिक निर्माण गर्ने निर्णय गरिएको हो। कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सह-महामन्त्री ऋषिराम घिमिरे, गोदावरी नगरपालिकाका प्रमुख (मेयर) गजेन्द्र महर्जन, र जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुयाँल लगायत कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

भट्टराईको जन्मजयन्तीको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी उहाँको स्मरण गरिँदै छ।

SN
Author:self

Shine news

Published on December 23, 2025

More from

Related Posts