
६ असोज, काठमाडौं । नेपाली कांग्रेसको ललितपुर महानगरको सभापतिका लागि दुई जनाले आकांक्षा राखेका छन् ।
असोज ७ गते (भोलि) हुने महानगर अधिवेशनमा सभापति पदका लागि राजु महर्जन र गणेशभक्त श्रेष्ठ आंकाक्षी देखिएका हुन् । ललितपुर महानगर–९ का महर्जन हाल ललितपुर महानगरको प्रवक्ता छन् ।
सभापतिका अर्का आकांक्षी श्रेष्ठ गत अधिवेशनमा पनि प्रतिस्पर्धा गरेका थिए । तत्कालीन समयमा सभापतिका उम्मेदवार शुभानन धाख्वासँग श्रेष्ठ पराजित भएका थिए । उनी ललितपुर–१३ निवासी हुन् । सभापतिका आकांक्षी श्रेष्ठले उम्मेदवार हुनका लागि पार्टीका नेता कार्यकर्ताहरूसँग छलफल गरिरहेको जानकारी गराए ।
ललितपुर महानगरको अधिवेशनका लागि ७५० बढी क्षेत्रीय प्रतिनिधि रहेको सभापति शुभानन धाख्वाले जानकारी गराए । अधिवेशन खोकना दोबाटोमा nहुँदैछ ।