Updates

नेपाल कमर्स क्याम्पसमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

Shine news
1020 views
नेपाल कमर्स क्याम्पसमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल कमर्स क्याम्पस एकाइको आयोजना तथा एभरेष्ट अस्पताल, नयाँ बानेश्वरको प्राविधिक सहयोगमा क्याम्पस साइक प्रमुख कपिल शाह सर।

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल कमर्स क्याम्पस एकाइको आयोजना तथा एभरेष्ट अस्पताल, नयाँ बानेश्वरको प्राविधिक सहयोगमा क्याम्पस प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

​कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी करिब २०० जनाले स्वास्थ्य परीक्षण गराउनुका साथै रक्तदानमा सहभागी जनाएका थिए। शिविरमा सामान्य स्वास्थ्य परीक्षणका साथै नाक, कान, घाँटी, आँखा र दाँतको विशेष जाँच गरिएको थियो।

​कार्यक्रमका प्रमुख अतिथि नेविसंघ काठमाडौँ जिल्ला सभापति अन्शुल केसीले विद्यार्थीहरूको स्वास्थ्य संवेदनशीलताप्रति नेविसंघले देखाएको सक्रियताको प्रशंसा गर्नुभयो। त्यस्तै, विशिष्ट अतिथिका रूपमा काठमाडौँ क्षेत्र नं. १ का तरुण दलका नेता मञ्जिल हमाल र क्याम्पस साइक प्रमुख कपिल शाहको उपस्थिति रहेको थियो।

​कार्यक्रममा स्ववियु सचिव ज्ञानु दाहाल र स्ववियु कोषाध्यक्ष सुशील खड्काले समेत ऐक्यबद्धता जनाउनुभएको थियो। उक्त कार्यक्रम नेविसंघ नेपाल कमर्स क्याम्पस एकाइका कार्यवाहक सभापति हरीश पनेरुको सभापतित्वमा सम्पन्न भएको थियो।

​यस किसिमका सामाजिक गतिविधिले विद्यार्थीहरूमा पढाइका अतिरिक्त सामाजिक उत्तरदायित्वको भावना समेत विकास गर्ने विश्वास आयोजकले लिएको छ।

SN
Author:self

Shine news

Published on December 24, 2025

More from

Related Posts