
काठमाडौं । आइची-नागोया एसियाली खेलकुद २०२६ अन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।
आइतबार ओकजाकी चुवो सोगो पार्क जिम्न्यासियममा सम्पन्न ९-१४औं स्थानको प्लेअफमा नेपालले कीर्गिस्तानलाई २५-२०, २५-१६ र २५-२० ले हरायो ।
समूहका पुछारमा रहेका ६ टोली अहिले ९ देखि १४औं स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् । कीर्गिस्तानलाई हराएसँगै नेपाल ९ देखि १२औं स्थानका लागि हुने खेलमा प्रवेश गरेको छ ।
अब नेपाली टोलीले सोमबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा पनि विजयी हासिल गरे टोली नवौं स्थानको प्रतिस्पर्धाका लागि छनोट हुनेछ ।