नेविसंघ अध्यक्षको नेतृत्वमा नेपाली टोली रोबोवार्सको फाइनलमा
560 views

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा रहेको 'टिम बलियो भेन्चर्स' भारतको आईआईटी बम्बेमा जारी अन्तर्राष्ट्रिय रोबोवार्स प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। एसियाकै सबैभन्दा ठूलो प्रविधि महोत्सवमा ६५ देशका प्रतिस्पर्धीहरूलाई पछि पार्दै नेपाली टोली अन्तिम चरणमा पुगेको हो।
अध्यक्ष शेर्पाले नेपाली विद्यार्थीहरूलाई प्रविधि र आविष्कारमा जोड्न यो अभियानको अगुवाइ गरिरहनुभएको छ। नेपालबाट सहभागी ७ टोलीमध्ये यो टिमले उत्कृष्ट प्रदर्शन गर्दै विश्वस्तरमा नेपालको झण्डा फहराउन सफल भएको छ।
@uvray6787