Updates

पाटन क्याम्पसका विद्यार्थीहरूका लागि 'चौथो मामा–भान्जा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने

Shine news
218 views
पाटन क्याम्पसका विद्यार्थीहरूका लागि 'चौथो मामा–भान्जा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने
पाटन क्याम्पसका विद्यार्थीहरूबीच आपसी भाइचारा र खेलकुद भावना विकास गर्ने उद्देश्यले 'चौथो मामा–भान्जा ब्याडमिन्टन प्रतियोगिता' आयोजना

​ललितपुर । पाटन क्याम्पसका विद्यार्थीहरूबीच आपसी भाइचारा र खेलकुद भावना विकास गर्ने उद्देश्यले 'चौथो मामा–भान्जा ब्याडमिन्टन प्रतियोगिता' आयोजना हुने भएको छ। यो प्रतियोगिता विशेष गरी पाटन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूका लागि मात्र लक्षित गरिएको हो।

​यस कार्यक्रमको आयोजना मामा र भान्जाहरूको समूहले गरेका हुन्। आयोजक टोलीमा मामाहरूको तर्फबाट पवन शाही र ललित बम शाही रहनुभएको छ भने भान्जाहरूको तर्फबाट माधव पौडेलले नेतृत्व गरिरहनुभएको छ।

​२०८२ साल पुस ११ गते बिहान ठिक ६:०० बजेबाट पाटन क्याम्पसकै प्राङ्गणमा खेल सुरु हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थी टिमले ४०० रुपैयाँ प्रवेश शुल्क बुझाएर दर्ता गर्नुपर्नेछ। यसपटकको पुरस्कारमा मौलिकपन दिँदै विजेतालाई भाले र पोथी (कुखुरा) उपहार स्वरूप प्रदान गरिने आयोजकले जनाएका छन्।

​क्याम्पसभित्रका प्रतिभावान खेलाडीहरूलाई प्रोत्साहन गर्न आयोजना गरिएको यो प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीले आयोजक मामा (९८४९६४०६३३,९८५१४१०१९९) वा भान्जा माधव (९८१०१९६३३३) लाई सम्पर्क गर्न सक्नेछन्। केवल विद्यार्थीहरू मात्र सहभागी हुन पाउने भएकाले यो प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ।

SN
Author:self

Shine news

Published on December 24, 2025

More from

Related Posts