
ललितपुरको बागमती गाउँपालिका–४ प्यूटारमा नेपाली कांग्रेसको १५औँ वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले रमेश घलेलाई वडा सभापतिमा सर्वसम्मत चयन गरेको छ।

अधिवेशनबाट उपसभापतिमा कमल भोम्जन र भीममाया घलान, सचिवमा मदव घिनिरे चयन भएका छन्। त्यस्तै वडा कार्यसमिति सदस्यहरूमा रविन ब्लोन, विजय जिम्बा, उदय सिलवाल, किरण थिङ, विजय थिङ, फूलमाया थिङ र हसिना घलान चयन भएका छन्। अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिका रूपमा ४१ जना चयन भएको जनाइएको छ।

कार्यक्रम निवर्तमान वडा सभापति विमला गोलेको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य काबेल बहादुर लामा, बागमती गाउँपालिका सभापति तथा प्रमुख वीरबहादुर लोप्चन, पूर्व वडा सभापति सुनबहादुर लामा, वडा अध्यक्ष रामकुमार लामा लगायत नेपाली कांग्रेसका क्रियाशील सदस्यहरूको उपस्थिति रहेको थियो।

अधिवेशनमा सहभागी नेताहरू तथा कार्यकर्ताले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै स्थानीय तहमा जनताको पक्षमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।