
राजनीति परिवर्तन र भविष्य निर्माणको आधार हो। त्यसैले नयाँ सोच, ऊर्जा र समयको आवश्यकता बुझ्ने युवाको अर्थपूर्ण सहभागिता राजनीतिमा अपरिहार्य छ।
मकवानपुरगढी–८, बुढीचौरबाट SEE सम्मको अध्ययन पूरा गरी काठमाडौं प्रवेश गरेको मेरो यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएर केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचन हुँदै नेपाली कांग्रेसको मूल राजनीतिसम्म आइपुगेको छ।
युवाले केवल नेतृत्व खोज्ने होइन, जिम्मेवारी लिन र समाजका समस्याको समाधान खोज्न पनि अघि बढ्नुपर्छ। शिक्षा, रोजगारी, उद्यमशीलता, प्रविधि र अवसरका विषयमा युवाको आफ्नै अनुभव छ। त्यसैले युवाको आवाज निर्णय गर्ने तहसम्म पुग्नु आजको महत्वपूर्ण आवश्यकता हो।
अग्रजको अनुभव र युवाको ऊर्जाबीचको सहकार्यले नै राजनीतिक यात्रालाई अझ सार्थक बनाउन सक्छ। मेरो विश्वास छ—युवा राजनीतिमा आउनु पुस्तान्तरण मात्र होइन, विचार, कार्यशैली र नेतृत्वमा नयाँपन ल्याउने प्रक्रिया पनि हो।

आज नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिका युवा तर्फबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रूपमा अघि बढ्दै गर्दा मेरो उद्देश्य केवल नेतृत्वमा पुग्नु होइन, युवाको आवाज, विचार र ऊर्जालाई पार्टी र समाजको नेतृत्वसँग जोड्नु हो।
अनुभवको सम्मान, युवाको ऊर्जा र नयाँ सोचसँगै—जिम्मेवार नेतृत्वतर्फको यात्रा।