
काठमाडौं । नेपाली उसु खेलाडी सवीता राई २०औं एसियाली खेलकुदअन्तर्गत महिला थाइचिक्वान स्पर्धामा ११औं स्थानमा सीमित भएकी छन् ।
आइतबार आइचीको प्रिफेक्चुरल मार्सलआर्ट हलमा भएको स्पर्धामा १३ खेलाडी थिए । सवीताले कूल ८.६५३ अंक प्राप्त गरिन् । उनले थाइचिक्वानमा ५.०० र थाइचिजियानमा २.६०३ तथा अन्य प्राविधिकतर्फ १.०५ अंक जोडिन् ।
यसअघि आइतबार नै पुरुष छाङ छ्वानमा नेपालका विजय सिंजाली २१ खेलाडीमध्ये १९औं स्थानमा सीमित भएका थिए ।