आशिका तामाङ धादिङ–१ बाट रास्वपाको उम्मेदवार चयन

काठमाडौं, ५ माघ ।
सामाजिक अभियन्ता आशिका तामाङ आगामी निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आधिकारिक उम्मेदवार बनेकी छन्। सोमबार रास्वपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता गणेश पराजुलीले उनलाई चुनावी टिकट हस्तान्तरण गरेसँगै उनको उम्मेदवारी निश्चित भएको हो।
विभिन्न सामाजिक मुद्दाहरूमा आवाज उठाउँदै आएकी तामाङले यसअघि रास्वपाकै समानुपातिक उम्मेदवार चयन प्रक्रियाप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएकी थिइन्। तर, पार्टीभित्रको छलफल र सहमतिपछि उनी अब प्रत्यक्षतर्फको चुनावी प्रतिस्पर्धामा होमिएकी हुन्।
धादिङ-१ मा तामाङको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सामाजिक अभियानमा सक्रिय छविका कारण उनले युवा मतदाताको राम्रो साथ पाउने अपेक्षा गरिएको छ।