
ललितपुर। अन्तर्राष्ट्रियस्तरमा नेपालको गौरव बढाउन सफल स्वर्ण पदक विजेता खेलाडीहरू सोनी तामाङ, फुर्साङ तामाङ र प्रयास खत्री , प्रशिक्षक जोन तामाङलाई नगद पुरस्कारसहितनि सम्मान गरेका थिए।
ललितपुरको गोदावरी नगरपालिका–५, लेलेस्थित अमरकान्ति माध्यमिक अंग्रेजी विद्यालयले आफ्नो Sports Week कार्यक्रम को अवसरमा विशेष समारोह आयोजना गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट उपलब्धि हासिल गर्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेका थिए।
३०देश सम्मेलीत भारतको लुधियानामा सम्पन्न तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिप २०२६ मा स्वर्ण पदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद जगतमा चिनाउन सफल सोनी तामाङ, फुर्साङ तामाङ र प्रयास खत्रीको उपलब्धिको उच्च कदर गर्दै विद्यालयले सम्मान गरेको थियो।
कार्यक्रममा IWUF अन्तर्राष्ट्रिय उसु प्रशिक्षक निकेश श्रेष्ठले अमरकान्ति माध्यमिक अंग्रेजी विद्यालय, लेलेमा मार्सल आर्ट्स खेलको विकास तथा प्रवर्द्धनका लागि लामो समयदेखि निरन्तर काम गर्दै आएको बताएका थिए। साथै, यस अभियानलाई अगाडि बढाउन सहयोग तथा साथ प्रदान गरेका विद्यालयका संस्थापक अध्यक्ष केशवराज सिलवाललाई विशेष धन्यवादसमेत दिएका थिए।
कार्यक्रममा खेलाडीहरूको मेहनत, अनुशासन, लगनशीलता र अन्तर्राष्ट्रिय सफलताको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी नेपालको नाम विश्वभर चिनाउन शुभकामना व्यक्त गरेका थिए।
विद्यालयले आफ्ना विद्यार्थी तथा खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई Sports Week कार्यक्रममार्फत नगद पुरस्कारसहित सम्मान गरेर खेलकुदप्रतिको सकारात्मक सोच, खेलाडीप्रतिको सम्मान र नयाँ पुस्तालाई मार्सल आर्ट्स तथा खेलकुद क्षेत्रमा अगाडि बढ्न प्रेरणा प्रदान गरेको थियो।
अन्तर्राष्ट्रिय सफलता हासिल गरेका खेलाडीहरूको प्रतिभा र मेहनतको कदर गर्दै सम्मान गरेकोमा अमरकान्ति माध्यमिक अंग्रेजी विद्यालय परिवार तथा विद्यालयका संस्थापक अध्यक्ष केशवराज सिलवालप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका थिए।