Updates

अनेरास्ववियु भोजपुरको संयोजकमा पवन कार्की

Shine news
720 views
अनेरास्ववियु भोजपुरको संयोजकमा पवन कार्की
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भोजपुर जिल्लाको महत्त्वपूर्ण जिम्मेवारी बाँडफाँड गरेको छ। संगठनको 'स्टुडेन्ट को-अर्डिनेसन एन्ड रेस्क्यु टिम' (Student Co-ordination & Rescue Team) भोजपुरको

भोजपुर । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले भोजपुर जिल्लाको महत्त्वपूर्ण जिम्मेवारी बाँडफाँड गरेको छ। संगठनको 'स्टुडेन्ट को-अर्डिनेसन एन्ड रेस्क्यु टिम' (Student Co-ordination & Rescue Team) भोजपुरको जिल्ला संयोजकमा पवन कार्की नियुक्त हुनुभएको छ।

​अनेरास्ववियुको विधान र सांगठनिक नियमावली अनुसार कार्कीलाई सो जिम्मेवारी प्रदान गरिएको हो। संगठनका केन्द्रीय संयोजक सोनाम मुक्तानद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा कार्कीलाई संगठनको मूल्य, मान्यता र मर्यादाभित्र रहेर कार्य सम्पादन गर्न निर्देशित गरिएको छ।

​नवनियुक्त संयोजक कार्कीले विद्यार्थीहरूका समस्या समाधान गर्न र संगठनको आन्दोलनलाई थप उचाइमा पुर्‍याउन सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ। भोजपुर जिल्लामा विद्यार्थी हकहितका लागि उद्धार र समन्वयको कामलाई प्रभावकारी बनाउन यो नयाँ नियुक्तिले मद्दत पुग्ने संगठनले जनाएको छ।

SN
Author:self

Shine news

Published on December 31, 2025

More from

Related Posts