
अन्तर्राष्ट्रिय युवा दिवस २०२६ (२०८३ साउन २७/१२ अगस्ट २०२६) को अवसरमा काठमाडौँको भृकुटीमण्डपमा "भिन्न परिवेश – साझा आकांक्षा" (Different Contexts, Common Aspirations) भन्ने मूल नाराका साथ बिहानी ‘युवा जागरण दौड’ भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय, राष्ट्रिय युवा परिषद नेपाल (सानोठिमी, भक्तपुर), युवा गैरसरकारी संस्था महासंघ नेपाल, Clean up Nepal तथा Nepal UNITES लगायतका संस्थाहरूको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको हो।

राष्ट्रिय युवा परिषदका पूर्व बोर्ड सदस्य विनोद शाही ठकुरीले दिएको जानकारी अनुसार, दौडमा युवा मन्त्री रामजी यादव, मन्त्रालयका सचिव दीपक काफ्ले, पूर्व बोर्ड सदस्य विनोद शाही ठकुरी स्वयंका साथै विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।