बागमती प्रदेश केम्पो संघको तदर्थ समिति गठन

हेटौंडा, बागमती प्रदेश प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले दिनेश घोसाईंनेको अध्यक्षतामा १५ सदस्यीय 'बागमती प्रदेश केम्पो संघ तदर्थ समिति' गठन गरेको छ। परिषद्को मिति २०८२/०३/१६ को निर्णयानुसार प्रदेश खेलकुद विकास ऐन २०७५ र नियमावली २०७६ को व्यवस्था बमोजिम यो समिति स्वीकृत गरिएको हो।
नवनियुक्त समितिको उपाध्यक्षमा सुरेन्द्र प्रताप शाह, महासचिवमा प्रकाश चन्द्र पाण्डे, र सचिवहरूमा अनिल गुरुङ तथा निरज वाइवा चयन भएका छन्। त्यसैगरी, रोशन कार्कीलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ। सदस्यहरूमा राजन कार्की, शिवहरी राई, रविन्द्र डङगोल, रामचन्द्र आचार्य, नवराज रिमाल, सुन्दर घले, रोशन के.सी., जोगवीर भण्डारी र सुरेश चौधरी रहेका छन्।
यो तदर्थ समितिलाई आगामी तीन महिनाभित्र बागमती प्रदेश केम्पो संघको आधिकारिक गठन प्रक्रिया पुरा गर्ने जिम्मेवारी तोकिएको छ। परिषद्का सदस्य सचिव दिपक लामाद्वारा हस्ताक्षरित सो निर्णयको बोधार्थ नेपाल केम्पो खुकुरी महासंघलाई समेत पठाइएको छ। यो कदमले प्रदेशमा मार्सल आर्ट्स विधा अन्तर्गत केम्पो खेलको संस्थागत विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।