
भक्तपुर: नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले ५०औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विशेष विचार गोष्ठी आयोजना गर्ने भएको छ।
२०३३ साल पुस १६ गते जननायक बी.पी. कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिई निर्वासनबाट स्वदेश फर्किएको ऐतिहासिक दिनलाई स्मरण गर्दै यो कार्यक्रम गर्न लागिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला सहभागी हुनुहुनेछ भने कार्यक्रमको अध्यक्षता जिल्ला सभापति दुर्लभ थापाले गर्नुहुनेछ।
कार्यक्रम तालिका:
भक्तपुर कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शबारे छलफल गर्न आयोजना गरिएको यस गोष्ठीमा सम्पूर्ण पार्टी नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई उपस्थित हुन हार्दिक निमन्त्रणा गरेको छ।
@shinenews