
ललितपुर।
भोटेकोशी बाढी प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम नेपाल सरकार मार्फत रु. १ करोड सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।
विपद्को यस घडीमा पीडितहरूलाई मलमपट्टी लगाउन र राहत कोषलाई सुदृढ बनाउन इच्छुक नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आर्थिक सहयोगका लागि अपिल गरिएको छ। इच्छुक व्यक्तिहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयको आधिकारिक बैंक खाता वा नेपाली कांग्रेस जिल्ला कार्यालय ललितपुरको खाता मार्फत सोझै सहयोग रकम जम्मा गर्न सक्नेछन्।

सो सम्बन्धी जानकारी नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव वशिष्ठ अधिकारीले दिनुभएको हो। बाढी प्रभावित क्षेत्रमा शीघ्र राहत तथा पुनर्स्थापनाका लागि सबै पक्षबाट हातेमालो र सहयोगको अपेक्षा गरिएको छ।