बिधालय ब्यबस्थापन समितिका अध्यक्षलाई अख्तियार द्धारा आरप पत्र दायर।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ, बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट, सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचारको आरोप पत्र दायर गरेकोछ।
अख्तियारले उनीहरू विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरिएको जनाएको छ । बित्थडचिर गाउँपालिका–९ स्थित सुनकुडा माध्यमिक विद्यालयको तले भवन निर्माणको योजनामा आरोपितले सरकार एवं सार्वजनिक संस्था विद्यालयको सम्पत्ति हानि नोक्सानी, हिनामिना एवं दुरुपयोग गरी गैरकानुनी लाभ लिएको पुष्टि भएको हुँदा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।विद्यालयमा हुने विभिन्न निर्माण तथा सामग्री खरिदको ठेक्कामा राजनैतिक हस्तक्षेप हुने, शिक्षक संघ/संगठनहरूले आ-आफ्ना दबाब दिएर आफू अनुकुल मान्छेलाई बिना प्रतिस्पर्धा ठेक्का दिन लगाउने र विपरित संघ/संगठनले त्यसको विरोध गर्दा द्वन्द्वात्मक वातावरण सिर्जना पनि हुने गरेका धेरै उदाहरणहरू छन्।
राजनीतिको प्रत्यक्ष घुसपैठले गर्दा सामुदायिक विद्यालयहरू यस्ता कैयौं समस्याहरूबाट ग्रसित हुँदै आएका छन् र अपेक्षाकृत उपलब्धी हासिल गर्नबाट बन्चित भएका छन्।
गत २०८० वैशाखमा देशभरिका विद्यालयमा भर्ना अभियान चलिरहेको थियो । तर, बझाङको सुनकुडा माध्यमिक विद्यालयमा भने कुन दलको प्रधानाध्यापक (प्रअ) बनाउने भन्ने विवाद चुलिएर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आयो । १ हजार २ सय विद्यार्थी अध्ययनरत विद्यालयमा साढे तीन महिना पठनपाठन ठप्प भयो । वैशाखदेखि साउन दोस्रो सातासम्म पढाइ नै भएन ।