बज्रबाराहीमा ८ औं मेयर कप कराते सम्पन्न: दिनेश र लक्ष्मी बने च्याम्पियन

6369 views
ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराहीमा नेपाल फुल-कन्ट्याक्ट इन्कोर्पोरेटेड क्योकुशिन कराते फाउन्डेसन (IKF) द्वारा आयोजित '८ औं राष्ट्रव्यापी मेयर कप कराते प्रतियोगिता २०८२' आज एक भव्य समारोहका

ललितपुर, १९ पुस | ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराहीमा नेपाल फुल-कन्ट्याक्ट इन्कोर्पोरेटेड क्योकुशिन कराते फाउन्डेसन (IKF) द्वारा आयोजित '८ औं राष्ट्रव्यापी मेयर कप कराते प्रतियोगिता २०८२' आज एक भव्य समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ। आईकेएफ (IKF) ब्रान्ड चिफ जय देसारको संयोजनमा सञ्चालित यस प्रतियोगितामा देशभरका विभिन्न जिल्ला र डोजोहरूबाट १५० भन्दा बढी टिमको उत्साहजनक सहभागिता रहेको थियो।

​कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि पूर्व खेलकुद मन्त्री एवं बागमती प्रदेश माननीय मीनकृष्ण महर्जन र विशेष अतिथि बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले विजेता खेलाडीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभयो। कार्यक्रमको विशेष आकर्षणको रूपमा आईकेएफ (IKF) का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जयराम भुलुनको नेतृत्वमा सानदार 'कराते डेमोन्स्ट्रेशन' प्रस्तुत गरिएको थियो, जसलाई उपस्थित दर्शकहरूले निकै रुचाएका थिए।

​प्रतियोगिताको नतिजा अनुसार पुरुष खुल्ला तौल समूहमा दिनेश भोम्जन र महिला खुल्ला तर्फ लक्ष्मी थिङले स्वर्ण पदक जित्दै मुख्य च्याम्पियनको उपाधि चुमेका छन्। अन्य तौल समूह तर्फ महिला ५० केजीमा क्रिन्जल सिलवाल र ३० केजीमा उषा राना मगरले पहिलो स्थान हासिल गरे। पुरुष तर्फ ५५ केजीमा तकेन्द्र बोहरा, ४५ केजीमा सबिन गुरुङ र ४० केजीमा आर्यन तामाङ विजयी भए। त्यस्तै, जुनियर विधामा प्रितम हिम्डुङ, आयुष गोले र आरोज हेमजनले आ-आफ्नो समूहमा स्वर्ण जिते।

​खेललाई निष्पक्ष बनाउन मुख्य रेफ्री जयराम भुलुन, युवराज जिम्बा र रितेश राना मगरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। समापनको अवसरमा बोल्दै प्रमुख अतिथि महर्जनले कराते खेलले अनुशासन र राष्ट्रिय पहिचानमा ठुलो योगदान पुर्याएको बताउनुभयो। प्रतियोगितामा खेलाडी, प्रशिक्षक र स्थानीय दर्शकहरूको व्यापक उपस्थितिले कार्यक्रमलाई अझ भव्य बनाएको थियो।

12 Followers
3 Following
163 Posts
85,061 Views

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!

More from Shine news

Related Posts

बज्रबाराहीमा ८ औं मेयर कप कराते सम्पन्न: दिनेश र लक्ष्मी बने च्याम्पियन