चौंरीदेउरालीमा घर पालुवा तथा छाडा कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्धको वृहत् शिविर सम्पन्न

320 views
चौंरीदेउरालीमा घर पालुवा तथा छाडा कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्धको वृहत् शिविर सम्पन्न
घर पालुवा तथा छाडा कुकुरको संख्या व्यवस्थापन र रेबिज रोग नियन्त्रण गर्ने उद्देश्यका साथ काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकामा आयोजित सप्ताहव्यापी शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

काभ्रेपलाञ्चोक । घर पालुवा तथा छाडा कुकुर को संख्या व्यवस्थापन र रेबिज रोग नियन्त्रण गर्ने उद्देश्यका साथ काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकामा आयोजित सप्ताहव्यापी शिविर सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा भएको यस शिविरमा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (NAWRC) को प्राविधिक टोलीले विशेष भूमिका निर्वाह गरेको थियो। NAWRC को आर्थिक वर्ष २०८२/०८३ को यस ९औं शिविरको औपचारिक उद्घाटन चौंरीदेउराली गाउँपालिका वडा नं. १ बाट गरिएको थियो।

माघ १६ गतेदेखि २१ गतेसम्म संचालित यस अभियानमा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (NAWRC) का दक्ष पशु चिकित्सक डा. अनुसूया भट्टराईको नेतृत्वमा रहेको प्राविधिक टोलीले मुख्य भूमिका निर्वाह गरेको थियो। कार्यक्रममा भाले १३१ र पोथी ५५ गरी जम्मा १८६ वटा कुकुरहरूको बन्ध्याकरण (CNVR) र रेबिज विरुद्धको खोप लगाइएको छ। यसका अतिरिक्त, अन्य ४७ वटा कुकुरहरूलाई रेबिज विरुद्धको सुई दिइनुका साथै गम्भीर छालाको संक्रमण भएका दुई कुकुरको उपचार समेत गरियो। शिविरकै क्रममा एक भाले कुकुरको शरीरमा पलाएको ठूलो मासु (Tumour) को जटिल शल्यक्रिया गरी ज्यान जोगाइएको छ। गाउँपालिकाका प्रतिनिधिहरूले NAWRC को दक्ष टोलीले अहोरात्र खटेर देखाएको मानवीय सेवा, व्यावसायिकता र पशु कल्याणप्रतिको समर्पणले पालिकालाई सुरक्षित र व्यवस्थित बनाउन ठूलो मद्दत पुगेको बताउनुभयो र गाउँपालिकाको तर्फबाट प्राविधिक सहयोगी संस्था NAWRC प्रति विशेष आभार र धन्यवाद प्रकट गरिएको छ।

गाउँपालिकाको आयोजनामा भएको यस मानवीय र पर्यावरणीय कार्यले समुदायमा रेबिजको त्रास कम गर्ने र सडक कुकुरहरूको संख्यालाई व्यवस्थित बनाउने विश्वास लिइएको छ। गाउँपालिका र NAWRC को यो सहकार्यलाई स्थानीयस्तरमा प्रशंसा गरिएको छ।

10 Followers
1 Following
5 Posts
1,307 Views

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!

More from this author

Related Posts