द स्पिकिङ टाइटन्स’ को फाइनलमा नेपाल ल क्याम्पसमा अध्ययनरत कानुनको विद्यार्थी आस्था कलौनी

डिजिटल अडिसनदेखि लिएर देशकै पहिलो स्पिकिङ रियालिटी शो द स्पिकिङ टाइटन्सको फाइनलसम्मको यात्रा तय गर्न सफल भएकी प्रतियोगी नं–२८ आस्था कलौनी आज एक शक्तिशाली र प्रभावशाली आवाजका रूपमा उदाएकी छन् । समाजमा प्रायः नबोलिने, दबाइने र बेवास्ता गरिने विषयहरुलाई निर्भीकतापूर्वक उठान गर्दै आस्थाले प्रतिस्पर्धामा आफ्नो अलग पहिचान बनाइरहेकी छन् ।
आस्थाको प्रस्तुतीको विशेषता भनेको लोकप्रिय वा सुरक्षित विषय होइन, जीवनका वास्तविक अनुभूतिबाट जन्मिएका कडा प्रश्न र इमानदार कथन हुन् । उनले आफ्नो यात्राभर स्त्रीमुक्ति, मानसिक स्वास्थ्य, खेल क्षेत्रमा युवाले भोग्ने संघर्ष, र खेललाई अझै पनि करियरका रूपमा नहेर्ने समाजिक सोचजस्ता विषयलाई खुलेर अभिव्यक्ति दिइन् ।
यति मात्र होइन, उनले पशु अधिकारको संरक्षणदेखि लिएर विश्वभर भइरहेका मानवीय संकट र नरसंहार (genocide) जस्ता संवेदनशील विषयलाई समेत उठाउँदै ‘मौनता पनि सहकार्य हो’ भन्ने संदेश दर्शकसम्म पुर्याइन् ।
शक्तिशाली विचारलाई सरल, धरातलीय कथा–वाचनसँग जोडेर प्रस्तुत गर्ने उनको क्षमता दर्शकसँग भावनात्मक सम्बन्ध स्थापित गर्न सफल हुँदै आएको छ । उनी आफूभन्दा माथि होइन, दर्शककै बीच रहेर बोल्छिन् — यही विशेषताले उनलाई हजारौं दर्शकको मनमा बसेको छ ।
अब आस्था कलौनी ‘द स्पिकिङ टाइटन्स’को भव्य फिनालेमा प्रवेश गरिसकेकी छिन् । उनको आवाज अझ टाढासम्म पुग्न, अझ धेरैलाई प्रेरित गर्न र बोल्न नपाएका धेरैका प्रतिनिधि बन्न, जनसमर्थन अत्यावश्यक बनेको छ ।
आस्था कलौनी (प्रतियोगी नं. २८) लाई भोट गरौँ र मौनतालाई चुनौती दिने यो शक्तिशाली आवाजलाई ‘अल्टिमेट स्पिकिङ टाइटन’ बनाउन साथ दिऔँ ।
Shine news
Published on January 8, 2026