Updates

दक्षिण ललितपुर विद्युत सहकारीद्वारा आयोजित निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक

Shine news
260 views
दक्षिण ललितपुर विद्युत सहकारीद्वारा आयोजित निबन्ध प्रतियोगिताको नतिजा सार्वजनिक
​दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लि. (SLREC) को २४औं वार्षिक साधारण सभा तथा रजत वर्ष २०८२ को अवसरमा आयोजित पालिका स्तरीय निबन्ध लेखन प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक गरिएको छ।

ललितपुर, पुस २०८२

​दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारी संस्था लि. (SLREC) को २४औं वार्षिक साधारण सभा तथा रजत वर्ष २०८२ को अवसरमा आयोजित पालिका स्तरीय निबन्ध लेखन प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक गरिएको छ। सहकारीले आफ्नो सेवा क्षेत्रभित्र पर्ने तीनवटा गाउँपालिकाका माध्यमिक विद्यालयहरूमा पुस १०, १३ र १६ गते प्रतियोगिता सञ्चालन गरेको थियो।

​सहकारीका अध्यक्ष गोविन्द प्रसाद बजगाईंका अनुसार, बागमती, महाँकाल र कोन्ज्योसोम गाउँपालिकाका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगिताको नतिजा यस प्रकार रहेको छ:

​१. कोन्ज्योसोम गाउँपालिका

​कोन्ज्योसोममा भएको प्रतियोगितामा श्री देवी मा.वि., देवीचौरका अनिश बजगाईं प्रथम भएका छन्। त्यसैगरी, महिमा तामाङ (श्री बालेश्वरी मा.वि., भारदेउ) द्वितीय र नडसली भोलन (श्री गोठभञ्ज्याङ मा.वि., दलचोकी) तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

​२. महाँकाल गाउँपालिका

​महाँकाल गाउँपालिका अन्तर्गत रोशनी घिमिरे (श्री बुद्ध भगवान मा.वि., मानिखेल) प्रथम भएकी छिन्। प्रभा दहाल (श्री महाँकाल मा.वि., गोटिखेल) द्वितीय र पल्लवी तिमल्सिना (श्री हिल साइड इङ्लिस स्कूल, गोटिखेल) तृतीय भएका छन्।

​३. बागमती गाउँपालिका

​बागमती गाउँपालिकामा सनिस लो तामाङ (श्री कालीदेवी मा.वि., प्युटार) प्रथम भएका छन्। सोही विद्यालयकी सन्जिता लामा द्वितीय र शुसिल तिमल्सिना (श्री विद्याधिश्वरी मा.वि., आश्राङ) तृतीय भएका छन्।

​सहकारीले आफ्नो २५औं स्थापना दिवस (रजत वर्ष) को खुसीयालीमा विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ।

SN
Author:self

Shine news

Published on January 3, 2026

More from

Related Posts