गोदावरीमा दोस्रो वडाव्यापी फुटबल प्रतियोगिता हुने, तयारी पूरा

गोदावरी, ललितपुर ।
ललितपुरको गोदावरी नगरपालिकामा आगामी माघ १० गतेदेखि ‘दोस्रो गोदावरी नगरपालिका वडाव्यापी फुटबल प्रतियोगिता २०८२’ आयोजना हुने भएको छ। 'कृषि, पूर्वाधार, पर्यटकीय नगरी, स्वच्छ, समावेशी, समृद्ध गोदावरी' भन्ने नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।
गोदावरी बहुउद्देश्यीय रंगशालामा सञ्चालन हुने यस प्रतियोगितामा नगरपालिकाका विभिन्न वडाहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले नगद १,००,००० रुपैयाँ (एक लाख) र उपविजेताले ५०,००० रुपैयाँ (पचास हजार) सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
स्थानीय स्तरमा खेलकुदको विकास र युवा खेलाडीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यले यो 'मेयर कप' फुटबल आयोजना गरिएको हो। खेलकुद प्रेमीहरूलाई उपस्थित भई खेलाडीहरूको मनोबल बढाउन आयोजकले अनुरोध गरेको छ।