
काठमाडौँ:
हालैको बाढीपहिरोमा परी घाइते भएका जाजरकोटका बिरामीहरूको काठमाडौँस्थित एभरेस्ट अस्पतालमा पूर्ण रूपमा निःशुल्क उपचार हुने भएको छ। काठमाडौँमा सक्रिय जाजरकोटी युवाहरूको समूह र अस्पतालका कार्यकारी निर्देशक दीपकचन्द्र बराल तथा प्रवक्ता डाक्टर प्रकाश महतबीच भएको छलफलमा यस्तो सहमति जुटेको अभियान्ता युवा तारा शर्माले जानकारी दिनुभयो।
सहमतिअनुसार विपन्न सिफारिस ल्याउने जाजरकोटका जुनसुकै बिरामीलाई अस्पतालले निःशुल्क उपचार उपलब्ध गराउनेछ। साथै, डायलासिस गराउनुपर्ने बिरामीहरूका लागि जाजरकोटमै सेवा पुर्याउन पहल गरिनेछ भने काठमाडौँ आएमा पूर्ण सहयोग गरिनेछ।

उपचार तथा सहजीकरणका लागि युवा अभियान्ताहरू तारा शर्मा (9861380097), लोकेश सिंह (9851199053), लुकास विक्रम शाह (9868230068), राम शाह (9769422776), शिखर शाह (9861743167), नवराज शाही ठकुरी (9869686546), अजय नगरकोटी (9868275050), पोषण नाथ (9868124152), शुभराज आचार्य (9851341542) र सुरज नगरकोटी (9866976416) लाई सम्पर्क गर्न सकिनेछ।
मानवीय कार्य र सहजीकरणका लागि जाजरकोटी युवाहरूले एभरेस्ट अस्पताल परिवार र प्रवक्ता डा. प्रकाश महतप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।
@shinenews