Updates

जेन्जी फ्रन्टका यतिस र मनिस पनी चुनाब लड्दै

shine news
143 views
जेन्जी फ्रन्टका यतिस र मनिस पनी चुनाब लड्दै
झापा ५बाट लड्ने तयारी

९ पुस, काठमाडौं । नेपाल जेन-जी फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनाल आसन्न प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् ।

अधिवक्तासमेत रहेका उनीहरू जेनजी फ्रन्टको समर्थनमा चुनाव लड्ने भएका हुन् ।


ओझा झापा क्षेत्र नं. ५ बाट चुनाव लड्ने छन् भने खनाल नवलपुर-२ बाट चुनाव लड्ने तयारीमा छन् । यदि झापा-५ मा बालेन शाह उठ्ने भएमा ओझाले झापाकै अरु कुनै क्षेत्रबाट उठ्ने तयारीमा छन् ।


भाद्र २३ र २४ मा भएको जेन-जी आन्दोलनमा अग्रपङ्क्तिमा सहभागी भएका र आन्दोलनपश्चात् त्यसका एजेण्डा स्थापित गर्न तथा म्यान्डेट कार्यान्वयन गराउन निरन्तर सक्रिय रहेका ओझा र खनाल अब संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको नेपाल जेन-जी फ्रन्टका सङ्गठन प्रमुख युजन राजभण्डारीले बताएका छन् ।


राजभण्डारीका अनुसार जेनजी फ्रन्ट पार्टीगत राजनीति गर्न मात्रै गठन गरिएको मोर्चा होइन । फ्रन्टभित्र सडकमै खबरदारीको लागि रहनेहरु सगै संसदीय राजनीतिमा जान चाहनेहरू पनि छन् । कतिपय सदस्यहरू तत्कालका लागि स्थानीय तह वा प्रदेश स्तरमा राजनीति गर्ने तयारीमा छन् ।


हालसम्म जेन-जी नेतामध्ये पुरुषोत्तम यादव र टासी ल्हाजोम राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परिसकेका छन् भने अन्य नेताहरूको राजनीतिक बाटो अझै स्पष्ट भइसकेको छैन ।

जेनजी आन्दोलनपछि अगुवाका रूपमा देखा परेका सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत गोरखा-१ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् । तर कुन पार्टीबाट लड्ने भन्ने खुलाएका छैनन् ।

जेन-जी फ्रन्टकी संयोजक रक्षा बम, काउन्सिल अफ जेन-जीका प्रदेश नं. १ का संयोजक उपार्जुन चाम्लिङ लगायत नेताहरू पनि चुनावी प्रतिस्पर्धामा उत्रन सार्वजनिक दबाबमा रहे पनि हालसम्म कुनै औपचारिक निर्णय वा घोषणा गरेका छैनन्।


SN
Author:self

shine news

Published on January 13, 2026

More from

Related Posts