जेसिआई बालाजुको १०औं शाखा अधिवेशन सम्पन्न: वर्ष २०२६ का लागि जेसी नारायण शर्माको नेतृत्वमा नयाँ कार्यसमिति


काठमाडौँ, २४ पुस २०८२ – जेसिआई बालाजुको ११औं वार्षिक साधारण सभा तथा १०औं शाखा अधिवेशन बिहीबार भव्यताका साथ सम्पन्न भएको छ। उक्त अधिवेशनले वर्ष २०२६ का लागि जेसी नारायण शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।
युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील यस संस्थाले आगामी कार्यकालका लागि एक सबल र समावेशी टिम चयन गरेको हो। अधिवेशनबाट कार्यकारी उपाध्यक्ष पदमा जेसी दीपक आचार्य र जेसी असोक महर्जन निर्वाचित हुनुभएको छ। उहाँहरूले संस्थाको आगामी रणनीतिक योजनाहरूलाई सफल बनाउन मुख्य भूमिका निर्वाह गर्नुहुनेछ।
त्यसैगरी, कार्यसमितिको उपाध्यक्ष पदमा जेसी समीर देवकोटा, जेसी पुरुषोत्तम आचार्य, जेसी देवराज आचार्य र जेसी सुशान्त घिमिरे निर्वाचित हुनुभएको छ। संस्थाको प्रशासनिक र कानुनी पक्षलाई मजबुत बनाउन कानूनी सल्लाहकारमा जेसी नितिन पाण्डेय, महासचिवमा जेसी अमोद अधिकारी र आर्थिक पारदर्शिताका लागि कोषाध्यक्षमा जेसी रोशन ढकाल मनोनित हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष जेसी नारायण शर्माले आफ्नो कार्यकालमा जेसिआईको गरिमालाई अझ उच्च बनाउँदै सामाजिक सेवा र युवा सशक्तिकरणका क्षेत्रमा सिर्जनात्मक कार्यहरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नयाँ कार्यसमितिका सम्पूर्ण निर्वाचित तथा मनोनित पदाधिकारीहरूलाई विभिन्न क्षेत्रका व्यक्तित्वहरूले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। यस नयाँ नेतृत्वले जेसिआई बालाजुलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ।
@shinenews