Updates

झोलुङ्गे पुलदेखि बुढीदेवी मन्दिरसम्म सिँढी बाटो निर्माण सुरु

प्युटार खबर
789 views
झोलुङ्गे पुलदेखि बुढीदेवी मन्दिरसम्म सिँढी बाटो निर्माण सुरु
गफ, भाषण, आश्वासन वा प्रतिशोधभन्दा माथि उठेर सम्भाव्यता र आवश्यकता पहिचान गर्दै नतिजामुखी काम गर्नुपर्ने सन्देशका साथ बागमती गाउँपालिका वडा नम्बर ४, प्युटारमा विकास निर्माणका कामहरू अघि बढिरहेका छन्।


ललितपुर प्युटार- गफ, भाषण, आश्वासन वा प्रतिशोधभन्दा माथि उठेर सम्भाव्यता र आवश्यकता पहिचान गर्दै नतिजामुखी काम गर्नुपर्ने सन्देशका साथ बागमती गाउँपालिका वडा नम्बर ४, प्युटारमा विकास निर्माणका कामहरू अघि बढिरहेका छन्।

भौगोलिक कठिनाइलाई चुनौती दिँदै बगुवा हुँदै गढीभञ्ज्याङ जोड्ने झोलुङ्गे पुलबाट बुढीदेवी मन्दिरसम्म सिँढी बाटो निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ। निर्माणाधीन सिँढी बाटोको हालै वडा स्तरबाट अनुगमनसमेत गरिएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमसँग लागत साझेदारी अन्तर्गत सञ्चालन भइरहेको उक्त योजनामा कुल ९ लाख रुपैयाँ (रु. ९००,०००) बजेटको लगानीमा सिँढी बाटो निर्माण भइरहेको छ। यस योजनाले स्थानीय बासिन्दाको दैनिक आवतजावत सहज बनाउनुका साथै धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बुढीदेवी मन्दिरसम्म सुरक्षित पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

अनुगमनका क्रममा बागमती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामकुमार लामाले विकासका काम गफ र आश्वासनमा सीमित नरही प्रत्यक्ष परिणाम देखिने गरी अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले जनआवश्यकता र भौगोलिक यथार्थलाई आधार मानेर योजनाहरू कार्यान्वयन गरिँदै आएको बताउनुभयो। साथै वडा सदस्य राकेश बल निरन्तर हामी अनुगमन रहेको बताउनु भयो ।

स्थानीय तहको सक्रियता, जनसहभागिता र सही प्राथमिकताका कारण विकासले गति लिएको स्थानीयवासीको भनाइ छ।

पख
Author:self

प्युटार खबर

Published on January 7, 2026

More from

Related Posts