Updates

महाङ्काल प्रज्ञा–प्रतिष्ठानको नियमित ,सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न

प्युटार खबर
107 views
महाङ्काल प्रज्ञा–प्रतिष्ठानको नियमित ,सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न
महाङ्काल प्रज्ञा–प्रतिष्ठान, महाङ्काल गाउँपालिका ललितपुरको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सिर्जनात्मक लेखनसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ।

ललितपुर ।महाङ्काल प्रज्ञा–प्रतिष्ठान, महाङ्काल गाउँपालिका ललितपुरको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सिर्जनात्मक लेखनसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ। यही मिति २०८२ साल पुस २४ र २५ गते श्री महाङ्काल माध्यमिक विद्यालय, गोटिखेलमा आयोजना गरिएको उक्त कार्यशाला भाषा साहित्य विभागको संयोजनमा सम्पन्न भएको हो।

कार्यशालामा महाङ्काल गाउँपालिकाभित्र सञ्चालित ११ वटा विद्यालयका ३३ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूलाई कविता, निबन्ध, कथा तथा सर्जनात्मक अभिव्यक्तिका विविध विधामा लेखन अभ्यास गराउँदै सिर्जनशील सोच विकासमा केन्द्रित गराइएको थियो।

कार्यशालामा रत्न विरही घिमिरे, रामसुन्दर के.सी. र जोनीकुमार न्यासुरले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो भने टंक लामा, सरोज बेल्बासे र दीपेश तिमल्सिनाको विशेष सहयोग रहेको थियो।


कार्यशालामा सहभागी विद्यार्थीहरूमध्ये सिर्जनात्मक लेखनका आधारमा पाँच जनालाई उत्कृष्ट घोषित गरी पुरस्कृत गरिएको थियो भने सबै सहभागी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

भाषा साहित्य विभागका सदस्य दीपेश तिमल्सिनाद्वारा सञ्चालन गरिएको उद्घाटन तथा समापन सत्रमा महाङ्काल गाउँपालिकाका अध्यक्ष एवं महाङ्काल प्रज्ञा–प्रतिष्ठानका कुलपति गणेशबहादुर के.सी. प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा महाङ्काल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा प्राज्ञ परिषद् अध्यक्ष **रामसुन्दर के.सी.**को अध्यक्षता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूमा सिर्जनशीलता, अभिव्यक्ति क्षमता र साहित्यप्रतिको रुचि विकासका लागि यस्ता कार्यशालाहरू अत्यन्त उपयोगी हुने बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

पख
Author:self

प्युटार खबर

Published on January 10, 2026

More from

Related Posts