जोरपाटिमा फेरी पनी इस्टपोलको दबदबा

जोरपाटि उसु क्वानको आयोजनामा गोकर्णेश्वर स्पोर्टस सिटि हलमा सँन्चालित ३दिने ५औ उपत्यका ब्यापी खुल्ला जुनियर उसु प्रतियोगीतामा इस्टपोल उसु क्वान १२स्वर्ण ६रजत ६ कास्य सहित टिम च्याम्पेन हुन सफल भएका छन्।
बिजय सिन्जालीको प्रशिक्षणमा रहेको ईस्टपोलले छोटो समयमा नै उसुमा यो नतिजा लेराएको छ। प्रमुख प्रशक्षक सिन्जाली भन्छन,लगातारको मेहेनत र परिश्रम तथा खेलाडिहरुको लगनशिलताले नै यो नतिजा आउनुको प्रमुख कारण बन्यो। हाम्रो बलियो पक्ष भनेको हाम्रा खेलाडिहरु अनुशासन हो।लगातार ३पटक टिम च्यापेयन भएकोमा इस्टपोलका सम्पुर्ण सदस्यहरु तथा आयोजक कमिटिलाई धन्यबाद दिन चहान्छु।

त्यसै गरी ६स्वर्ण १रजत र ५कास्य सहित अलकेमिस्ट टिम दोस्रो भएको छ।टिमका प्रशिक्षक पासाङ शेर्पा भन्छन् यो नतिजाले हाम्रो खेलाडिहरुको हौसला बढाएको छ। ५ स्वर्ण ९ रजत र ८ कास्य सहित मनमैजु उसु क्वान टिम तेस्रो हुन सफल भएका छन्।
प्रतियोगितामा पुरुष थाओलु तर्फ अलकेमेस्टिक का पेमा ग्याल्बो लामा र महिला तर्फ जोरपाटि उसु क्वानका युमी अवाल उत्कृष्ट खेलाडि घोषित भए । त्यस्तै सान्दा पुरुष तर्फ सागर गुरुङ् दक्षिणकाली उसु क्वान र महिला तर्फ दिया सलामी प्रज्ञा स्कुल उत्कृष्ट खेलाडी घोषत भए।

जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालीकाको आर्थिक सहयोगमा भएको पाँचौ उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता- २०८३ समापन भएको हो। प्रतियोगिता जेष्ठ १५ गते देखि १७ गतेसम्म तीन दिन चलेको थियो ।

प्रतियोगिताको पाँचौ संस्करण सम्म आइपुग्दा अत्याधिक र उत्कृष्ट जुनियर खेलाडीहरु सहभागी भएको जोरपाटी उसु क्वानका अध्यक्ष तथा कार्यक्रम संयोजक नारायन श्रेष्ठ ले जानकारी दिनु भयो ।