Politics

काभ्रे क्षेत्र नं. १ बाट दीनानाथ गौतम 'प्रयास' चुनावी मैदानमा: 'तारा' चिह्नमा मतदान गर्न अपील

127 views
काभ्रे क्षेत्र नं. १ बाट दीनानाथ गौतम 'प्रयास' चुनावी मैदानमा: 'तारा' चिह्नमा मतदान गर्न अपील
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट नेकपाले प्रभावशाली नेता दीनानाथ गौतम 'प्रयास' लाई आधिकारिक उम्मेदवार चयन गरेको छ।

काभ्रे । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट नेकपाले प्रभावशाली नेता दीनानाथ गौतम 'प्रयास' लाई आधिकारिक उम्मेदवार चयन गरेको छ। चौंरीदेउराली गाउँपालिकाका प्रथम जननिर्वाचित अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य गौतमले टिकट पाएसँगै काभ्रेली मतदाताहरू माझ उत्साह छाएको छ।

संघीय गणतान्त्रिक व्यवस्थापछिको पहिलो स्थानीय सरकारको नेतृत्व गर्दा गौतमले चौंरीदेउरालीमा विकासको जग बसाल्न अतुलनीय भूमिका खेल्नुभएको थियो। उहाँको कार्यकालमा भएका जनमुखी काम र स्पष्ट राजनीतिक अडानकै कारण पार्टीले उहाँलाई प्रतिनिधिसभाको जिम्मेवारी सुम्पिएको हो। सफल पालिका अध्यक्षको रूपमा स्थापित भइसक्नुभएका गौतम अहिले काभ्रेको समग्र विकास र समृद्धिको एजेण्डा लिएर जनताको घरदैलोमा पुग्नुभएको छ।

उम्मेदवार गौतमले आफूलाई 'तारा' चिह्नमा मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन सम्पूर्ण काभ्रेली जनसमुदायमा हार्दिक अपील गर्नुभएको छ। विकासप्रेमी र सरल स्वभावका धनी गौतमको विजयले काभ्रे क्षेत्र नं. १ ले नयाँ गति लिनेमा समर्थकहरू विश्वस्त रहेका छन्।

PT
Author:self

Prami Tamang

Published on January 18, 2026

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!

More from this author

Related Posts