
काठमाडौं, असार २० — कालभैरब स्पोर्ट्स एकेडेमीको आयोजनामा भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा सम्पन्न कालभैरब उसु साण्डा प्रो च्याम्पियनसिप–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा बागमती, सुदुरपश्चिम, मधेश, कर्णाली र लुम्बिनी , गण्डकीगरी छ प्रदेशका खेलाडीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका सल्लाहकार सिद्धि ब्यन्जनकारले बिरुवामा पानी हालेर उदघाटन गर्नुभएको थियो। कार्यक्रमको समापन सिङ्गापुरबाट पाल्नुभएका रिन्पोछे थुप्देन कर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल उसु महासंघका पदाधीकारी लगाएत खेलकुदका हस्तिहरुको उपस्थीति थियो।

कार्यक्रमको सुरुवात कालभैरब स्पोर्ट्स एकेडेमीका उपाध्यक्ष सन्जित शाहिले स्वागत मन्तव्यबाट गर्नुभएको थियो। त्यस्तै ऐकेडेमीका बरिष्ठ उपाध्यक्ष दिपेश बुजु ले प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य खेलाडीलाई व्यावसायिक खेलतर्फ उन्मुख गराउनु रहेको बताउनुभयो। रिङमा खेलाडीहरूले आफ्नो मेहनत, पसिना र जोखिमका साथ प्रतिस्पर्धा गर्ने भएकाले उनीहरूले खेलकै माध्यमबाट सम्मानजनक जीवनयापन गर्न सकून् भन्ने उद्देश्यले साण्डा प्रो प्रतियोगिता सुरु गरिएको उहाँको भनाइ थियो। साथै, यस प्रतियोगितालाई हरेक वर्ष अझ भव्य रूपमा निरन्तर आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

प्रतियोगितामा ६ वटा साण्डा प्रो इभेन्ट र १२ वर्षमुनिका जुनियर खेलाडीहरूका ५ वटा लाइट साण्डा फाइट सम्पन्न भएका थिए। प्रो इभेन्टका सबै विजेता तथा उपविजेताले नगद पुरस्कार, ट्रफी, पदक तथा ब्राइट लुक्स र आई अप्टिकलको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए।
प्रतियोगिताका प्रमुख नतिजाहरू

मेन इभेन्ट (महिला ५२ केजी)
रेस्मा बोलनले शान्ति थिङलाई पराजित गर्दै उपाधि जितिन्। पहिलो राउन्ड शान्ति थिङले जिते पनि त्यसपछिका दुई राउन्डमा रेस्माले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो नाममा पारिन्।
मेन इभेन्ट (पुरुष ५२ केजी)
सुशान्त चौधरीले आशिष तामाङलाई लगातार दुई राउन्ड जित्दै प्रभावशाली प्रदर्शनसहित उपाधि जिते।
अन्य साण्डा प्रो इभेन्टहरू

पुरुष ४८ केजी: ओमप्रकाश कोहोली विरुद्ध बिबेक बिके बिचको खेलमा बिबेकलाई नकआउट गर्दै कोहोलीले जित निकाले
महिला ४८ केजी: सोनी तामाङ विरुद्ध सृजना बिसीले जित निकालिन्
पुरुष ४५ केजी: मिरक लिम्बु विरुद्ध सम्राट थापा बिच कडा प्रतिस्पार्दा बिच सम्राटले मिरकलाई हराए
पुरुष ४२ केजी: उत्सव पुरी विरुद्ध विशाल राना निकै प्रतिस्पदात्मक खेल भएको थियो , तर उत्सबले उत्कृष्ट प्रर्दशन गरी जित्न सफल भए बजेता खेलाडि सबैले जनहि दश दश हजार पुरस्कार रकम पाए।
प्रतियोगिता भरि खेलाडीहरूले उच्चस्तरीय प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चक प्रतिस्पर्धाको अनुभव दिलाएका थिए। आयोजक समितिका अनुसार यस प्रतियोगिताले नेपालमा उसु साण्डा खेललाई व्यावसायिक बनाउने अभियानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने लक्ष्यसहित यसलाई निरन्तर आयोजना गरिने आयोजकले जनाएको छ।
@bhusalhari99