Updates

काँग्रेस किन लोकतान्त्रिक दल हो?

Shine news
173 views
काँग्रेस किन लोकतान्त्रिक दल हो?
काँग्रेस किन लोकतान्त्रिक दल हो? समिष्टमा भन्नु पर्दा; कांग्रेसको विचार र विचारलाई दिशानिर्देश गर्ने "विधान" लोकतान्त्रिक छ, सुदृढ गर्ने स्पेस छ।

काँग्रेस किन लोकतान्त्रिक दल हो? समिष्टमा भन्नु पर्दा; कांग्रेसको विचार र विचारलाई दिशानिर्देश गर्ने "विधान" लोकतान्त्रिक छ, सुदृढ गर्ने स्पेस छ।


हिजो देखि भन्दै आएको छु, "The objective truth is determined by power, and it's detrimental to democratic norms." वि.पिले परिभाषित गरिएका भुई - फुट्टा वा प्रदीप गिरीले भनिएका गिरोह, वस्तुपरक रुपमा अपरिहार्य रहेको अधिवेशनको यथार्थको ढोकालाई शक्तिको बलमा बन्द गर्दै छन्।


लोकतांत्रिक विधानले परिकल्पना गरेको विशेष अधिवेशनलाई गैरलोकतन्त्रीक कथनद्वारा निस्तेज पार्न खोज्दैछन्। विशेष अधिवेशनले पार्टीलाई फुट तर्फ धकेल्दैन, नियमित अधिवेशन नहुँदै गर्दा खुम्चिएको लोकतन्त्रको धरातललाई परिपूर्ति गर्दछ।


विशेष अधिवेशनको पक्ष र विपक्षको बीचमा एउटा रेखा छ! उक्त रेखा हो, लोकतान्त्रिक र गैरलोकतान्त्रिक चरित्रको, अभ्यासको। अब काँग्रेसले आफूले - आफूलाई कता उभ्याउँछ; लोकतन्त्र वारीको रेखामा वा लोकतन्त्र पारीको रेखामा।


जय नेपाल।

SN
Author:self

Shine news

Published on December 31, 2025

More from

Related Posts