
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बाजुराका युवा नेता योगेन्द्र रावलले केन्द्रीय सदस्य (३५ वर्षमुनिको युवा, सुदूरपश्चिम प्रदेश) पदमा उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका रावल हाल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।
युवा पुस्ताको सक्रिय सहभागिता, सुदूरपश्चिमको प्रभावकारी प्रतिनिधित्व र संगठनको रूपान्तरणलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै रावलले सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गरेका हुन्।
रावलका प्रमुख प्रतिबद्धता :
🔹 सुदूरपश्चिमको सशक्त प्रतिनिधित्व
सुदूरपश्चिमका जनताका मुद्दा, आवश्यकता र आवाजलाई कांग्रेसको नीति निर्माणको मूल तहसम्म प्रभावकारी रूपमा पुर्याउने।
🔹 पुस्तान्तरण र युवा नेतृत्व
‘अग्रजलाई सम्मान, युवाको स्वाभिमान’ भन्ने भावनासहित अनुभव र ऊर्जाबीचको समन्वय गर्दै कांग्रेसलाई नयाँ पुस्तामैत्री र गतिशील बनाउने।
🔹 संगठन सुदृढीकरण
नयाँ सोच, प्रविधि, ऊर्जा र युवा सहभागितालाई प्राथमिकता दिँदै पार्टी संगठनलाई थप सशक्त, आधुनिक र परिणाममुखी बनाउने।
‘व्यवहारमा नम्र, नीतिमा युवा’ भन्ने मूल सोचका साथ अघि बढेका रावलले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक महत्त्वाकांक्षाभन्दा माथि उठेर युवा पुस्ताको सम्मानजनक सहभागिता र सुदूरपश्चिमको अधिकार तथा प्रतिनिधित्वका लागि अघि बढाइएको अभियानका रूपमा प्रस्तुत गरेका छन्।
उनले नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूसँग साथ, सुझाव, सहयोग र अमूल्य मतका लागि हार्दिक अपिलगरेका छन।
@ShineENews