Updates

​कांग्रेस विशेष महाधिवेशन: केन्द्रीय कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक

Shine news
366 views
​कांग्रेस विशेष महाधिवेशन: केन्द्रीय कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक
नेपाली कांग्रेसको जारी विशेष केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। भृकुटीमण्डपमा बसिरहेको महाधिवेशनको बन्दसत्रले निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम के.सी. को नेतृत्वमा निर्वाचन तालिका सार्वजनिक गरेको हो।

काठमाडौँ, २९ पुस ।

​सार्वजनिक तालिका अनुसार आजै (पुस २९ गते) दिउँसो १२:३० बजे प्रथम मतदाता नामावली प्रकाशन गरिएको छ। मतदाता नामावलीमा दाबी विरोधका लागि १२:३० देखि १:३० सम्मको समय तोकिएको थियो भने दिउँसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

​सबैभन्दा महत्त्वपूर्ण मानिएको मनोनयन पत्र दर्ता प्रक्रिया आजै दिउँसो २:०० बजेदेखि ३:०० बजेसम्म भृकुटीमण्डपस्थित निर्वाचन समितिको कार्यालयमा हुने सूचनामा उल्लेख छ। पार्टीको विधान २०१७ (संशोधन सहित) र विशेष महाधिवेशन कार्यविधि २०८२ बमोजिम यो निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

SN
Author:self

Shine news

Published on January 13, 2026

More from

Related Posts