Updates

​कांग्रेसको विशेष महाधिवेशन भव्य बनाउन बागमती र गोदावरीका जनप्रतिनिधिको आह्वान

Shine news
379 views
​कांग्रेसको विशेष महाधिवेशन भव्य बनाउन बागमती र गोदावरीका जनप्रतिनिधिको आह्वान
नेपाली कांग्रेसको आगामी विशेष महाधिवेशनलाई भव्य रूपमा सफल पार्न स्थानीय तहका जनप्रतिनिधिहरूले सक्रियता बढाएका छन् । बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लामा र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले

ललितपुर । नेपाली कांग्रेसको आगामी विशेष महाधिवेशनलाई भव्य रूपमा सफल पार्न स्थानीय तहका जनप्रतिनिधिहरूले सक्रियता बढाएका छन् । बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लामा र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई महाधिवेशनमा उत्साहजनक उपस्थितिका लागि हार्दिक अनुरोध गर्नुभएको छ ।

​अध्यक्ष लामाले पार्टीको आन्तरिक सुदृढीकरणका लागि यो महाधिवेशन महत्वपूर्ण रहेको बताउँदै जय नेपालको अभिवादनसहित सहभागिताको अपील गर्नुभएको छ । यस्तै, मेयर महर्जनले "समयले परिवर्तन मागेको" उल्लेख गर्दै बदलिँदो परिस्थितिमा पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन विशेष महाधिवेशन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ । स्थानीय स्तरबाटै बलियो समर्थन जुटाउँदै महाधिवेशनलाई ऐतिहासिक बनाउने तयारीमा दुवै नेताहरू जुटेका छन् ।

SN
Author:self

Shine news

Published on January 10, 2026

More from

Related Posts