खुर्मि–गहते–सुमारा पक्की पुलका लागि १७ करोड ३८ लाख बजेट सुनिश्चित

190 views
खुर्मि–गहते–सुमारा पक्की पुलका लागि १७ करोड ३८ लाख बजेट सुनिश्चित
“वचनको परिपक्वता यही हो माननीय मीनकृष्ण महर्जनको पहिचान, जनताको विश्वास र जनताको आशा–भरोसालाई रूपान्तरण गर्ने नाम हो मीनकृष्ण महर्जन।”

ललितपुर।

“वचनको परिपक्वता यही हो माननीय मीनकृष्ण महर्जनको पहिचान, जनताको विश्वास र जनताको आशा–भरोसालाई रूपान्तरण गर्ने नाम हो मीनकृष्ण महर्जन।”

यस भनाइलाई व्यवहारमा उतार्दै पूर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य माननीय मीनकृष्ण महर्जनज्यूको विशेष पहलमा बागमती प्रदेश सरकारबाट ललितपुर जिल्लाको बागमती गाउँपालिका–७ स्थित खुर्मि–गहते–सुमारा पक्की पुल निर्माणका लागि रु. १७ करोड ३८ लाख बजेट स्रोत सुनिश्चित गरिएको छ।

ललितपुर र मकवानपुर जिल्लालाई जोड्ने यो पक्की पुल आयोजना बहुवर्षीय योजनामा समावेश भइसकेको छ। योजना स्वीकृत भएसँगै अब छिट्टै बोलपत्र (टेन्टर) आह्वान प्रक्रिया सुरु हुने सम्बन्धित निकायले जनाएको छ।

उक्त पुल निर्माण भएपछि वर्षौँदेखि कष्टकर बन्दै आएको स्थानीय जनताको आवागमन समस्या समाधान हुने विश्वास लिइएको छ। विशेष गरी वर्षायाममा खोलामा पानी बढ्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयवासीका लागि यो पुल निर्माण जीवन र विकास दुवैका दृष्टिले अत्यन्त महत्वपूर्ण हुने बताइएको छ।

पूर्व मन्त्री महर्जनज्यूले जनताको मत र विश्वासबाट निर्वाचित जनप्रतिनिधिको मुख्य दायित्व जनमुखी, समावेशी र दिगो विकास भएको उल्लेख गर्दै विकासलाई भाषणमा सीमित नगरी काममा देखिने परिणामका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँकै निरन्तर पहल र समन्वयका कारण यो बहुप्रतिक्षित योजना प्रदेश सरकारको प्राथमिकतामा पर्न सफल भएको स्थानीयवासीको भनाइ छ।

स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूले खुर्मि–गहते–सुमारा पक्की पुल निर्माणका लागि बजेट सुनिश्चित गरिदिएकोमा माननीय मीनकृष्ण महर्जनज्यू तथा बागमती प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै यसले क्षेत्रको आर्थिक, सामाजिक तथा समग्र विकासमा नयाँ गति दिने विश्वास व्यक्त गरेका छन्।

10 Followers
2 Following
162 Posts
73,547 Views

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!

More from this author

Related Posts